बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १० (फरकसमाचार) / जिल्लामा थप ५ जनामा कोरोना संक्रमण बुधबार पुष्टि भएको छ । २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय १७ पुगेको छ । त्यसैगरी बुधबार १ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ७ हजार १ सय ५५ पुगेको छ । ४५ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ४१ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय