बर्दियामा अबैध कुखुराका चल्लासहित ४ नियन्त्रणमा
बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक११ (फरकसमाचार)/ अबैध कुखुराका चल्लासहित ४ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । प्रहरीले गुलरिया नगरपालिका–८ स्थितबाट चल्लासहित चारै जनालाई नियन्त्रणमा लिएको हो ।

भारतबाट अबैध रुपमा कुखुराका चल्ला साईकलमा लोड गरी ल्याईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । ६३ हजार बराबरको ४ सय २० वटा कुखुराको चल्लासहित ३ जना भारतीय र १ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कुखुराका चल्लासहित चारै जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि पशु क्वारेन्टिन गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय