बर्दियामा सशस्त्र प्रहरी द्वारा १ लाख ६४ हजार बढीको लत्ताकपडा बरामद
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १२ (फरकसमाचार) / सशस्त्र प्रहरीले १ लाख ६४ हजार ४ सय बराबरको अबैध लत्ताकपडा शुक्रबार बरामद गरेको छ । मधुवन नगरपालिका–७ प्रगतिबजार स्थित भारतबाट अबैध रुपमा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लत्ताकपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी सिमा निगरानीमा अब्बल छन् । सिमामा हुने चोरी र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सिमामा २४ सैं घण्टा निगरानी गरिरहेको छ । पोष्ट नभएको ठाउँमा सशस्त्र प्रहरी त्रिपाल मुनि बसेर आफ्नो डिउटी निभाई रहेका छन् ।

भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडा बरामद गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय