पासपोर्ट बनाउनेको भिड !
आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक १४ / काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ ।

राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् ।

छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन बसेको बल्ल पालो आयो,’ उनले भने ।

उनले भने, एकछिन लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न जानसमेत पाइएन ।’ धेरैजसोले लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो गरेका थिए ।

अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय