बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक १४/ ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार राति कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको छ ।

करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीको भनाइ छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय