बर्दियामा ४ जनामा संक्रमण पुष्टि हुँदा ४ जना संक्रमण मुक्त
आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक १४ (फरकसमाचार) / जिल्लामा आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ जना संक्रमण मुक्त भएका छन् । २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ४४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या ७ हजार १ सय ६२ पुगेको छ । ६५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ६२ होम आईसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ६ सय २५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ९७ हजार ३ सय ५४ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय