खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

सोलुखुम्बु, फागुन ११ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिए । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले प्रदेश सरकारले खेलक्षेत्रमा ४२ करोड लगानी गरेको जानकारी दिए ।

सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयाँै हल निर्माणाधीन अवस्थामा रहेको बताए । प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले काम गरिरहेको उनले बताए । मुख्यमन्त्री राईले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय