यस अनलाईनका वि" />

आज – २० कार्तिक २०७८ शनिवार को राशिफल
शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता , पाठक,शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईने छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय