बर्दियामा मुर्ति तथा कस्मेटिक सामानसहित एक पक्राउ
मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २३ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याउदै गरेको ठुलो परिमाणमा मुर्ति तथा कस्मेटिक सामानसहित एक जनालाई सशस्त्र प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले अबैध सामानसहित बढैयाताल गाउँपालिका–७ का २४ वर्षिय कृपलाल यादवलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार बरामद सामान मुल्य रु २२ लाख २७ हजार ६ सय ४० बराबरको छ । बरामद सामानमा विभिन्न भगवानको मुर्ति, कस्मेटिक सामान र पिकअप १ वटा रहेको छ ।

भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा मानखोला पोष्टबाट खटिएको सशस्त्र प्रहरी टोलीले सामानसहित एक जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय