बर्दियामा थप ५ जनामा संक्रमण पुष्टि
मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २३ (फरकसमाचार) / जिल्लामा थप ५ जनामा कोरोना संक्रमण मंगलबार पुष्टि भएको छ ।

३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ८२ पुगेको छ । त्यसैगरी मंगलबार ४ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ११ पुगेको छ । ५४ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ४९ जना होम आईसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय