बल्खुबाट लागुऔषधसहित एक पक्राउ
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २५ / काठमाडौंको बल्खुबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले एक जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खु जागरण बस्ती बस्ने २२ वर्षीय नुरप्रसाद खतिवडालाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

खतिवडाले लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।

उनको डेराबाट प्रहरीले स्टिलको तराजु, लागुऔषध डाइजेपाम, व्युप्रोनोफिनलगायत २१९ एम्पुल, नाइट्राजेपाम ६० ट्याब्लेट र ११ हजार नगद बरामद गरेको छ। उनीमाथि वृत्तले थप अनुसन्धान अघि बढाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय