एमाले छोड्ने लहर चलेको छ : माधव नेपाल
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २६। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकर्षण बढेको बताएका छन् । स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताए ।

‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालको भनाइ थियो । डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए ।

नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको जानकारी दिए । शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित एक ब्यांक्वेटमा बैठक चलिरहेको छ ।

‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने । स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् । मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय