बर्दियामा हातमा समाएको मोबाईल खोसेर भाग्ने दुई पक्राउ
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २६ (फरकसमाचार) / हातमा समाएकोे मोबाईल खोसेर भाग्ने दुई जनालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । प्रहरीले गुलरिया नगरपालिका–८ गोलपार्क नजिकबाट दुवैलाई नियन्त्रणमा लिएको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका–१ का चेतराम वर्मा र केशब परियारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ निलो आयल पेट्रोल पम्प नजिक हातमा लिएको मोबाईल मोटरसाईकलमा आएका दुई जना अपरिचित व्यक्तीले खोसेर भागेको जानकारी पाउनसाथ प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

मोबाईल खोसेर भाग्ने चोरको खोजीमा प्रहरीले खोजतलास गर्ने क्रममा दुबैलाई गोलपार्क नजिकबाट पक्राउ गरेको छ । प्रहरीले लु. ८१ प.३९१७ नम्बरको मोटरसाईकल र खोसेको मोबाईलसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका दुवै जना नेपालगन्जबाट ३५ किलोमिटर दुरी पार गरी मोबाईल चोर्न गुलरिया आएका थिए । प्रहरीले दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय