४५ जनालाई बिमा क्षति मुल्याङ्कन सम्बन्धि तालिम
सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २९ (फरकसमाचार)

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बर्दियाको आयोजनामा कृषि तथा पशुपन्छी बिमा क्षति मुल्याङ्कन सम्बन्धि तीन दिने तालिम आइतबार सम्पन्न भएको छ ।

इन्स्योरेन्सले मुल्याङ्कनकर्ताको दक्षता अभिवृद्धि गरी स्वरोजगारको अवसर सृजना गर्ने उदेश्यले तालिम संचालन गरेको हो । तालिम शुक्रबार देखि संचालन भएको थियो । जिल्लाको आठ वटै स्थानीय तहबाट सहभागीहरुले सहभागिता जनाएका थिए ।

सहभागिहरुलाई बीमा समितिकी सह निर्देशक श्रद्धा श्रेष्ठले जोखिम र बीमा सम्बन्धि जानकारी गराएकी थिईन् ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी केन्द्रिय कार्यालयकी पुर्ण कुमारी श्रेष्ठले बीमाका आधारभुत सिदान्तको बारेमा विस्तृत जानकारी गराएकी थिईन् ।
एकिकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख बिनोद घिमिरेले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन कसरी गर्ने जानकारी गराएका थिए ।

त्यसैगरी पशुपन्छी बीमा क्षति मुल्याङ्कन के कसरी गर्ने विषयमा डाक्टर सुमन खनालले बताएका थिए ।
कृषि जेटिए तथा भेटेनरी अध्ययन गरेका ४५ जना प्राविधिकहरुले तालिममा सहभागिता जनाएका थिए ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बर्दियाका प्रमुख शुसिल लामिछानेले तालिमको व्यवस्थापन र सहजीकरण गरेका थिए । कृषि तथा पशुपन्छी बिमा क्षति मुल्याङ्कनकर्ताको सीप तथा दक्षताको विकास गरेर इन्स्योरेन्स मार्फत जिल्लामा सर्वसुलभ सेवा उपलब्ध गराउने शाखा प्रमुख लामिछानेले विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय