कात्तिक २९ / सर्वोच्च अदाल" />
बेन्च नबसे पनि धमाधम पेसी तोकिँदै, प्रधानन्यायाधीश पनि आज इजलासमा
सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २९ / सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम जारी छ । सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ ।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् ।

यद्यपि, सोमबारका लागि विभिन्न विषयका २९८ मुद्दा पेसीमा राखिएको छ । ती मुद्दालाई विभिन्न १० इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबरा पनि इजलासमा बस्ने भएका छन् । उनलाई बार एशोसिएशनले इजलासमा नबस्न यसअघि नै सुझाव दिएको थियो ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय