दाङमा जेसीबी पल्टिंदा चालकको मृत्यु, बर्दियाका सहचालक घाईते
बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित

बुटवल, मंसिर २। दाङमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा जेसीबी दुर्घटना हुँदा अपरेटर (चालक) घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा आज बिहान साढे चार बजेतिर रा१क ९१४ नम्बरको जेसीबी दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । घुम्तीमा माटोमा भासिएर जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय