बिशेषज्ञ सेवा सहितको डेन्टल क्लिनिक गुलरियामा सुचारु
सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर ५ (फरकसमाचार)

नेपालगंज र गुलरिया सडक खण्डमा पर्ने गुलरिया निलो आयल पेट्रोल पम्म नजिक डेन्टल क्लिनिक संचालनमा आएको छ । बिशेषज्ञ सेवा सहित दाँत सम्बन्धि सम्पुर्ण उपचार डेन्टल क्लिनिक मार्फत आम सर्वसाधारणले उपचार गर्ने अवसर पाउने भएका हुन् । स–सानो समस्याका नेपालगंज र भारतका शहरमा दाँतको उपचारका लागि पुग्न पर्ने बाध्यता डेन्टल क्लिनिक संचालनमा आएपछि टरेको छ ।

बागो टिंगो दाँतलाई तारले बाँध्ने, आधुनिक प्रबिधि द्वारा दाँतको डिजिटल एक्सरे, जरा देखि दाँत भर्ने, कृतिम दाँत हाल्ने, दाँतको सफाई, मुख र दाँतको लागि परामर्श सेवा, मुख र अनुहारको शल्य क्रिया र दाँतलाई चम्काउँने, बच्चाहरुको दाँत सम्बन्धि उपचार र दाँत चम्किलो बनाउँने सेवा पहिलो चरणमा दिने भएको हो ।

दातको उपचारबाट बन्चित सर्वसाधरण यस डेन्टल क्लिनिकबाट लाभान्वित हुने गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘बिशेषज्ञ सेवा सहित डेन्टल उपचार गुलरिया सम्भव भएको छ, यो हाम्रो लागि खुसीको कुरा हो’ आईतवार डेन्टल क्लिनिक उद्घाटन गर्ने क्रममा नगर प्रमुख यादवले भने, ‘चिकित्सकिय सेवा भित्रनु भनेको नगर नै समृद्ध तर्फ उन्मुख भएको बुझनु पर्छ ।’

दाँतको उपचारका लागि नेपाल र भारतका ठूला शहरमा गएर उपचार गराउँनु पर्ने बाध्यता टरेका यादवको भनाई छ । अत्याधुनिक प्रबिधि भित्राएर डेन्टल क्लिनिक सेवा सुचारु गरेको डा.विश्वनाथ चौधरीले बताए ।

‘देश वा विदेश अत्याधुनिक उपकरण जडान गरेर डेन्टल सेवा सुचारु गरेका छौ’उनले भने,‘आम सर्वसाधारणको बिचमा डेन्टलको सेवाकोे पहुच पुराउँनु पनि हाम्रो उदेश्य हो ।’ लामो समय रोग पालेर बस्नु भएका विरामीलाई घर छेउँमा संचालन भएको क्लिनिक मार्फत परामर्श तथा चिकित्सकिय सेवा लिन उनले आग्रह गरे ।

उनका अनुसार मंसिर ५ गते देखि पुस ५ गते सम्म सम्पुर्ण सेवामा १५ प्रतिशत छुटको व्यबस्था गरिएकाले समयमै उपचारको लागि जिल्ला बासीलाई डा.चौधरीले आग्रह गरे ।

फोटोः गुलरियामा संचालनमा आएको डेन्टर क्लिनिक उद्घाटन गर्दै नगर प्रमुख यादव सहितको टोली ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय