लागु औषधसहित दुई पक्राउ
बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ८(फरकसमाचार)

लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मधुवन नगरपालिकाको ५ नम्बर चोकबाट दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का नकेन्द्र मगर र टंकर गुरुङ्ग रहेका छन् । लागु औषधसहित पक्राउ परेका दुवै जना भे ६ प ९३४८ नम्बरको मोटरसाईकलमा सवार थिए ।

शंकास्पद रुपमा मोटरसाईकलमा हिडेका दुवैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ ग्राम ३ सय ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर प्रहरीले फेला पारेको हो ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी उपरीक्ष ईश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय