बर्दियामा जबरजस्ती करणी कसुरमा एक पक्राउ
शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १० (फरकसमाचार)/ जबरजस्ती करणी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

मधुवन नगरपालिका–२ बस्ने ५४ वर्षिय चिन्कौ थारुलाई प्रहरीले पक्राउ गरेको हो । ०७७ साल कात्तिक ९ गते थारुले ५० वर्षिय महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । थारुलाई प्रहरीले एक वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक गोपाल पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले थारुलाई गुलरिया नगरपालिका–३ स्थितबाट पक्राउ गरेको हो । प्रहरीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा थारु पक्राउ परेका छन् ।

प्रहरीले थारुलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय