मधुवनमा १५ शैयाको अस्पताल शिलान्यास
शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ११ (फरकसमचार) / मधुवन नगरपालिकामा १५ शैयाको अस्पताल शुक्रबार शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै शर्माले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । पालिकामा कम्तिममा एउटा १५ शैयाको अस्पताल जरुरी रहेको शर्माले औल्याए ।

स्वास्थ्य चौकी रहेको उक्त नगरपाकिामा १५ शैयाको अस्पताल बनाउन थालिएको हो । १ बिगाहा ३ कठ्ठा क्षेत्रफलमा ६ करोड ३३ लाखको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।

चालु आर्थिक वर्षमा अस्पतालका लागि बजेज निकासा भइसकेको छ । बर्थिङ सेन्टर र प्रयोगशालासहितको सेवा अस्पतालबाट सर्वसाधारणले पाउँने छन् । अस्पताल कै सेवा ग्रामिण भेगका जनताले पाउँने भएपछि खुसी भएका छन् ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख गणेश बहादुर क्षेत्रीले अस्पताल निर्माणमा तदारुकता देखाउँने बताए । शिक्षाका लागि प्राबिधिक शिक्षा, स्वास्थ्यका लागि अस्पताल, विकासका लागि सडक निर्माण र पुल निर्माण आफनो एजेण्डा भएको बताए ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहितको जनशक्ति व्यबस्थापन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । अस्पताल निर्माणको जिम्मा ब्ल्याक बक कन्सट्रक्सनले लिएको छ । समय अवधि भन्दा अघि निर्माण सम्पन्न गर्ने दायित्व रहेको निर्माण कम्पनिले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय