बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु
आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, मंसिर १२ / बाघको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–४ राजिपुरका ६२ वर्षिय कालुराम थारुको ज्यान गएको हो ।

आइतबार थारु मध्यवर्ति क्षेत्रमा बस्तुभाउ चराउन गोठालो गएको बेला पाटे बाघले आक्रमण गरेको हो । दिउँसो ३ बजेर ४५ मिनेटको समयमा पाटेबाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुन्जका सुचना अधिकारी मुकुन्द सन्जेलले जानकारी दिए ।

बाघले आक्रमण गरेको जानकारी पाउनसाथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । थारुको शव घटनास्थलमै फेला परेको सुचना अधिकारी सन्जेलले बताए । गत आर्थिक वर्षदेखि हाल सम्म १६ जनाको बाघ आक्रमणबाट ज्यान गएको निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय