भारतीय कारोबारीसहित भारी मात्रामा लागु औषध बरामद
बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर १६

प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनै जनालाई मंगलबार ब्राउन सुगरसहित पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका तीन जना मध्ये एक जना भारतीय नागरिक रहेका छन् । प्रहरीले मधुवन नगरपालिका–५ स्थित भारत जिल्ला बहराईच तहशिल मिहिपुरुवा सुजौली थाना फकिरपुर बस्ने २२ वर्षिय रोहित कुमार गुप्तालाई पक्राउ गरेको हो । गुप्ता शंकास्पद रुपमा हिडिरहेका बेला खान तलासी गर्दा लागु औषध बरामद गरेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार गुप्तालाई नियन्त्रणमा लिई खानतलासी गर्दा १८ ग्राम ७ सय ६० मिलि ग्राम ब्राउन सुगर फेला परेको हो । लागु औषधको बजार मूल्य लाखौ रुपैया पर्ने अनुमान गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गुप्ता लागु औषधका कारोबारी रहेको खुलेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई बढैयातालको कालिकाबाट पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थित फुटाह कण्ठपुर सडकखण्डमा रहेको कर्णालीपुलमा साँझ शंकास्पद रुपमा बसेको बेला प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–२ सितापुर बस्ने २२ वर्षिय प्रदिप सुनार र वडा नम्बर ७ बस्ने २१ वर्षिय विशाल सिंह ठकुरी रहेका छन् ।

प्रहरीले खानतलासी लिदा दुवैको साथबाट ९ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको हो । गोप्य सुचनाको आधारमाा परिचालित प्रहरीको टिमले धमाधम लागु औषध कारोबारी र सेवन कर्तालाई नियन्त्रणमा लिएको एसपी ईश्वर कार्कीले बताए ।

उनका अनुसार नेपाल भारतको खुला सीमाको फाईदा उठाउँदै लागु औषध कारोबार गर्ने र सेवन गर्ने लाई नियन्त्रण गर्न बर्दिया प्रहरी परिचालित भएको छ ।’ प्रहरीले लागु औषधलाई निरुत्साहित र निस्तेज पार्ने रणनितिक योजना अनुरुप सफल भईरहेको कार्कीले दाबी गरे । पहिलो कार्ययोजनामा शून्य लागु औषध परिकल्पना अघि सारेको उनको भनाई छ ।

‘लागु औषध नियन्त्रण गर्न नसके समाजमा बिकृति र बिसंगति बढ्छ’ उनले भने, ‘प्रहरीको लागु औषध नियन्त्रण वा निस्तेज गर्ने अभियानमा साथ दिन स्थनीयलाई समेत आग्रह गरेका छौ ।’ ६ महिनाको अवधिमा २४ जना कारोबारी र सेवन कर्तालाई मुदा प्रक्रिया प्रहरीले अगिाडि बढाएको छ । लागु औषध सहित पक्राउ परेकालाई जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कार्कीले जानकारी दिए ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय