भुरीगाउँमा ५८ जनाद्वारा रक्तदान
बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर १६ / बर्दियाको ठाकुरबाबा नगरपालिका – १ भुरीगाउँमा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा तथा थारू समुदाय विकास मञ्च भुरीगाउँको आर्थिक सहयोगमा बुधबार रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा अहिलेसम्म सबैभन्दा बढी ८९ पटक रक्तदान गर्ने पवन जैसवाल, ठाकुरबाबा नगरपालिका वडा नम्बर १ र २ का वडा अध्यक्षलगायत ५८ जनाले रक्तदान गरेका हुन्।

प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व हो। प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गर्नुपर्ने पनि जनाइएको छ।

नेपाल स्वय‌ंसेवी रक्तदाता समाज ठाकुरबाबाका अध्यक्ष चल्टुराम थारूले रक्तदाता समाजले रक्तदान लगायतका सामाजिक कार्य गर्दै आइरहेको र कोरोना महामारी सुरु भयएता देशभर रगत अभाव भइरहेका वेला रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

यस्तै स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्सालले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय