बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार गर्न अबैध हातहतियारसहित प्रवेश गरेका चार पक्राउ
शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २४ (फरकसमाचार) / बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार गर्न प्रवेश गरेका चार जनालाई निकुञ्जका सुरक्षाकर्मीले पक्राउ गरेका छन् । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाको लागि तैनाथ नेपाली सेनाको संयुक्त टोलीले मंगलबार निकुञ्जको चिउरीबाँस वन क्षेत्रबाट चारै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका–५ का २७ वर्षिय लक्ष्मण गिरी, ६२ वर्षिय भद्र बहादुर वली, ५६ वर्षिय ठगबहादुर थापा र २२ वर्षिय ललित घर्ती रहेका छन् ।

चारै जना वन्यजन्तुको चोरी शिकारी गर्ने उदेश्यले अबैध हातहतियारसहित बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए । निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त टोलीले उनीहरुको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली, १ सय ग्राम छर्रा, ३ सय ग्राम बारुद, १५ वटा केप, ४ वटा हाँसिया, साइकलमको ३७ थान छर्रा, १ थान रेती र ५ वटा सलाई बरामद गरेको निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय