लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान सम्पन्न
शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया,मंसिर २४ / लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन कार्यक्रम शुक्रबार बर्दियाको बढैयातालमा विविध कार्यक्रम साथ समापन गरिएको छ । ‘घरै बाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि सुरु भई डिसेम्बर १० सम्म चलेको अभियानको पहिलो दिन बढैयाताल गाउँ पालिकाको कार्यालय अगाडि मैन बत्ति बालेर अभियानको उद्घाटन गरिएको थियोे ।

महिला शाखाको अगुवाइमा विभिन्न गैरसरकारी संघ संस्थाको समन्वयमा पालिकाका सबै वडाहरुमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गर्दै शुक्रबार औपचारिक कार्यक्रम गरि १६ दिने अभियानको समापन भएको छ ।

औपचारिक कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि महिला अधिकारकर्मी, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक मोहन खत्री, संचारकर्मी, संघ संस्थाका प्रतिनिधि लगायतले अभियानलाई सफल पार्नको लागि सबै सरोकारवालाहरु सक्रियताकासाथ लाग्नु पर्नेमा जोड दिएका थिए ।

समापन कार्यक्रमको संचालन महिला अधिकारकर्मी मिना थापाले गरेकी थिईन भने स्वागत महिला शाखाकी कर्मचारी दुर्गादेबी हमालले गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय