ईतिहास बोकेका नेता अधिकारीको अवसान
मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २८ (फरकसमाचार)

गुलरिया नगरपाालिका–६ निवासी मेघनाथ अधिकारीको सोमबार निधन भएको छ । उपचारको क्रममा रहेका उनको ६८ बर्षको उमेरमा निधन भएको हो । बर्दिया जिल्ला अस्पतालमा उपचारको क्रममा रहेका अधिकारी अस्वभाविक अवसान भएको छ । ६ महिना अघि प्यानक्रियाजमा क्यान्सर देखिएपछि उपचारको क्रममा काठमाडौं र चितवन अस्पताल उपचारपछि घर बस्दै आएका थिए । अधिकारीलाई केहि दिन अघि बर्दिया जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समय राप्रपाको राजनितिमा सक्रिय नेता अधिकारीको अवसानले जिल्लाबासी दुखी छन् । राप्रपामा सक्रिय नेता पशुपति शम्शेर राणासँग उनको हिमचिम बढि थियो ।

पार्टीको जिल्लामा बिभिन्न पदमा बसेर काम गरिसकेका पाका नेता मध्य अधिकारी लोकप्रिय मानिन्छन् । नेता अधिकारीको निधनले राप्रपामा अपूणनिय क्षति पुगेको केन्द्रिय सदस्य गिता बस्नेत बताईन् ।’ उहाँ सक्रिय,लोकप्रिय र ईतिहास बोकेको नेता हुनु हुन्थ्यो’उनले भनिन् ,‘ उहाँ गुमाउँदा जिल्लाबासीलाई नै ठूलो पिडा भएको छ ।

’बर्दिया जिल्लाका पुराना बासीन्दा हुन । बर्दिया जिल्लाको ईतिहासको जानकारी भएको उनलाई धेरै चिन्छन । समि रुख लगाउँन पर्छ भन्ने अभियान लामो समय अधिकारी सक्रिय रहे ।

जिल्लाका अधिकांस ठाउँमा देखिने समिको बिरुवा अधिकारीले पहाड घर धादिङबाट ल्याएर रोपेका थिए । जिल्ला भित्र महत्वपूर्ण ठाउँमा लगाएका समिका बिरुवा अधिकारीको अगुवाईमा लगाईएको हो ।

समि रुख रोप्दा अक्सिजनका कारण मानव जिवन सहजता पुगाउँने भएकाले उनले समि संरक्षणको अधिकारी अभियन्ताका रुपमा चिनिन्छन् । उनले लगाएका समिका रुख हुर्कदै गर्दा नेता अधिकारी अवसान अभियन्ता गुमाएको जिल्लाबासीले बुझेको छ । अधिकारीका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय