प्रधानमन्त्री ओली जन्मघरमा
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

म्यांलुङ, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुगेका थिए । उनलाई संघीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कंदम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, संगिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, संघीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत का नेताहरू छन् ।

प्रधानमन्त्रीले आजै सुकेपोखरीभदौरै सडकको शिलान्यास गरे । त्यस्तै आठराई, संकान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर