सेवा विस्तार गर्ने प्रतिबद्धता
बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित

फरकसमाचार राष्ट्रिय दैनिक एक वर्ष पुरा

बर्दिया, पुस १ (फरकसमाचार) / कुनै पनि संस्थाको जीवनमा एक वर्ष त्यति ठूलो समय होइन् । गत वर्षको मंसिर ३० गते हामीले बर्दियामा फरकसमाचार राष्ट्रिय दैनिक पत्रिका शुभारम्भ गरेका थियौं । यो पत्रिका पत्रकारितामा नयाँ अभ्यासको थालनीको जमर्को थियो । सूचना प्रविधिको वर्तमान युगमा हरेक मानिसका हातहातमा समाचार, सूचना, विचार र मनोरञ्जन पु¥याउने हाम्रो एकमात्र लक्ष्य हो । र, दोस्रो वर्षमा पाइला टेक्दै गर्दा हामी दोहो¥याउन चाहन्छौं यो क्रम जारी रहनेछ ।

अहिले थुप्रै अनलाइन, पत्रपत्रिका, रेडियो र टेलिभिजनलगायतका विविध सञ्चार माध्यमबीच सूचना दिने चर्को होडबाजी छ । यही चर्को होडबाजीकै बीच हामी किन आयौं त ? हामी फरक सामाचर दैनिक बोकेर उभिनेका लक्ष्यका साथ आएका थियौं । मोफसलबाट जनताका दैनिकसँग जोडिएका विषय र राज्य तथा सार्वजनिक निकाय माथिको निगरानी समाचार मूल प्रवाहमा समट्ने लक्ष्यका केही हदसम्म सफल भएका छौंं ।

एक वर्षमा हामीले त्यसमा भरपूर प्रयास ग¥यौं । फरक स्वादको त्यो बाटोलाई धेरैले रुचाइदिए, परिणाम नै मान्नुपर्छ एक वर्षमै फरकसमाचार दैनिक पत्रिकाका पाठकहरु उल्लेख्य बृद्धि भएका छन् ।

छोटो समयमा यस मिडिया हाउसको फरक समाचार अनलाईनको वेव साईड र पेज मनपराई दिने २ लाख १५ हजार फ्लोवर्स प्रति कृतज्ञता प्रकट गर्न चाहन्छौं । पाठकको माग अनुरुप यस मिडिया हाउस फरकसमाचार डटकम अनलाईनबाट सेवा सुरु गरेको थियो । अहिले फरकसमाचार दैनिक पत्रिका, फरकसमाचार फेसबुक पेज र फरकसमाचार युटुब च्यानेल विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । थप सेवाहरु विस्तार गर्दै जाने पाठक वर्गमा विश्वास दिलाउँन चाहन्छौं ।

पाठकले मनपराएको कारण हाम्रो हौसला बुलन्द भएको महसुस भईरहेको छ ।
भावि दिनमा नागरिक र सरकारबीच पुलको माध्यम भएर सकारात्मक तथा नकारात्मक पक्षहरुलाई उजागर गर्ने हाम्रो अभियान अझ चुस्त, सशक्त र प्रभावकारी हुनेछ । हामी मुलुकका दुई संवेदनशील पक्षलाई अझ प्रभावकारी बन्न घच्घचाउने, त्यसभित्रका विकृतिहरु उजागर गर्ने, मुलुक र आम नागरिकका लागि चासोका र चिन्ता विषयहरुमा स्पष्ट अडान राख्ने कुरामा सदैव चनाखो रहनेछौं ।

आगामी दिनहरुमा हामी मुलुकका सामाजिक, आर्थिक, राजनीतिक लगायतका बहुलपाटाहरुमा पनि आफ्नो ध्यान केन्द्रित गर्नेछौं । सूचना चुस्त र छरितो तरिकाले दिने कुराहरुलाई पनि हामीले बढी प्राथमिकतामा राखेर अगाडि बढ्नेछौं । आम मानिसहरुको नजरमा बन्द जस्तै देखिने सुरक्षा संयन्त्रहरु, त्यहाँभित्र हुने कामकारबाहीका विषयमा जान्न पाउनु आमजनताको नैसर्गिक अधिकार हो । त्यसमा हामी बढी सचेत हुनेछौं ।

तथ्यपरक पत्रकारिता मार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौं । हामी हाम्रा पाठकहरुको सुझावलाई हमेशा उच्च महŒव दिन्छौं, आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महङवपूर्ण हुने कुरामा विश्वास दिलाउन चाहन्छौं । सवल शासन व्यवस्थाका लागि प्रेस स्वतन्त्रता महŒवपूर्ण पक्ष हो । त्यसैले आगामी दिनमा हामी जनताका आवाजहरुलाई फरकसमाचार दैनिक पत्रिका मार्फत थप मुखरित गर्ने कुरामा जोड दिनेछौं ।

यो एक वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको अगाध मायालाई हामी नमन गर्न चाहन्छौं । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुहरुले पु¥याएको अतुलनीय योगदान प्रति पनि आभारी छौं । एक वर्षको अवधिमा फरकसमाचार दैनिक पत्रिका यात्राका क्रममा धेरै कुराहरु सिक्ने अवसर पनि प्राप्त भएको छ । बाँकी दिनहरु अझ प्रेरणादायी र शिक्षामूलक हुने अपेक्षा गरेका छौं ।

यो लामो यात्रामा एक वर्ष त केवल एक खुडकिला मात्रै हो, आगामी धेरै वर्षहरुमा अझ हामी फैलिने प्रयासमा हुनेछौं । त्यसका लागि सदैव यहाँहरुको साथ, सहयोग र शुभेच्छा हामीलाई जरुरी पर्नेछ । अन्तमा फरकसमाचार दैनिक पत्रिकाको पहिलो वार्षिकोत्सव अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय