प्रमुख प्रशासकीय अधिकृतको फेक आइडीबाट रकम मागेपछि …
मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित

बर्दिया, पुस ६ (फरकसमाचार)

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रकम मागेको फेस बुक म्यासेन्जरको स्क्रिन सर्ट सामाजिक संजालमा एकाएक भाईरल बन्यो । भाईरल बनेको म्यासेजमा हिन्दी भाषाको रोमनमा रकम तत्काल पठाई दिन आग्रह नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले गरिरहेका थिए ।

म्यासेजमा लेखिएको थियो ‘म समस्यामा छु र मेरो साथी बिरामी छ ।’ म्यासेज हेर्दा अधिकृतको हतासमा रकम मागेकोमा अधिकांश अचम्भित बने । फोन मार्फत सोधपुछ गर्दा फेक आईडि मार्फत ठग्न खोजेको पुष्टि भयो । देवकोटाको नामको आईडिबाट दर्जन भन्दा बढीसँग रकम मागेको भेटिएको छ ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको फेक फेसबुक आईडीबाट रकम मागेको म्यासेजका स्किनसर्ट तस्विरहरु यति बेला सामाजिक संजामा चर्चा पाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको नक्कली फेसबुक आईडीबाट विभिन्न व्यक्तिसंग रकम मागेको तथ्य सार्वजानिक भएको हो ।

अधिकृत देवकोटालाई भने थाहा थिएन । उनको तस्विर प्रयोग गरी अपरिचीत व्यक्तिले प्रकाश देवकोटा नामको नक्कली फेसबुक अकाउण्ट खोलेको भटिएको छ । मलाई केही थाहा नभएको देवकोटाले बताए । मेरो नामको फेक आईडी बनाएर अरु व्यक्तिहरुसंग विभिन्न किसिमका कार्य गरिरहेको उनको भनाई छ ।

‘अज्ञात व्यक्तिले मेरो तस्वीर राखी फेक आइडी चलाएको’ उनले भने, ‘म त्यति थाहा पाउँदैन ।’ फेक आईडीबाट अरु व्यक्तिहरुलाई रकम मागेको सुनिरहेको बताए । यो मेरो आईडीबाट होइन, कसैले बदमासी गरेको देवकोटाले सुनाए । सबैलाई यो फेक आईडीबाट सजग रहन, आइडीलाई ब्लक गर्नु हुन, फ्रेन्ड रिक्वेष्ट आएमा एसेप्ट नगर्नु हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्नु हुन अनुरोध गरेका छन् । मेरो फेक आईडी प्रयोग गरी मेरो बदनामी गरिरहेकोमा म दुःखी छु ।

हेर्दा सेम देखिने फेक आईडी बनाई सर्वसाधारणलाई आतंक फैलाई रहेको देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत देवकोटाको वास्तविक फेसबुकको उस्तै उस्तै देखिन्छ । ब्याक ग्राउन्डमा र प्रोफाईलमा मिल्दो जुल्दो तस्विर छ । सामाजिक संजालमा फेक आईडीबाट कुरा गरेको स्क्रिन सर्ट तस्विर हेर्दा हिन्दी भाषामा मलाई इमेरजेन्सी परेको लेखिएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय