बहुरीया र सगुन युवा क्लव विजयी
मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित

दिनेश ठाकुर
बर्दिया, पुस १३

लिग चरणको पहिलो खेलमा बहुरिया युवा क्लव मैनापोखर र कुसुम्बादेबि युवा क्लव ताराताल बिचको खेलमा बहुरिया युवा क्लवले १ का बिरुद्व ३ गोल गरेर बिजयी भएको छ । बढैयाताल स्थित मयुर युवा क्लवको खेल मैदानमा आयोजित लिग चरणको खेलमा सोमबार बहुरिया युवा क्लव मैनापोखर र कुसुम्बादेवि युवा क्लव तारालाल बिच पहिलो खेल, सगुन युवा क्लव र हिमालयन क्लव बिच दास्रो खेल भएको हो ।

खेल सुरु भएको केही समय भित्रै बहुरीया युवा क्लबका तर्फबाट प्रकास सुनारले २ गोल गरेका थिए, त्यस्तै बहुरीया क्लवको तर्फबाट आर्को गोल अर्जुन थापा मगरले गरेका थिए । कुसुम्बादेवी युवा क्लवका असोक सुनारले १ गोल फर्काएका थिए ।

त्यस्तै दिउसो ३ बजे सुरु भएको दास्रो खेल सगुन युवा क्लव र हिमालयन युवा क्लव बिच भएको थियो । लिग चरणको दास्रो खेलमा सगुन युथ क्लव १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ । सगुन युथ क्लवका तर्फबाट आसिस राझीले २ गोल गरेका थिए भने हिमालयन युथ क्लवका तर्फबाट अरुन चौधरीले १ गोल फर्काएका थिए ।

गत शनिबार गते देखि सुरु भएको लिग चरणको खेलमा सोमबार सम्म ५ वटा क्लवले प्रतिस्पर्धा गरिसकेका छन् ।
बर्दियाका खेलाडिहरुलाई अगाडि बढाउनका लागी जिल्ला फुटबल संघ बर्दियाले प्रत्येक बर्ष जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजन गर्ने गरेको छ ।

यसले बर्दिया जिल्लाबाट राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन हुने विश्वास जिल्ला फुटबल संघले लिएको छ । जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्ला फुटबल लिग प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार र दोस्रो हुने टिमलाई रु ३० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय