चौथो दिनको खेलमा जनजागृती युवा क्लब विजयी
बुधबार, पुष १४, २०७८ मा प्रकाशित

बर्दिया, पुस १४(फरकसमाचार)

लिग चरणको पहिलो खेलको चौथो दिनमा जनजागृती युवा क्लब विजयी भएको छ । जनजागृती युवा क्लव २ का विरुद्ध ५ गोल गर्दै ३ गोलको अन्तरले विजय भएको हो । मंगलबार जनजागृती युवा क्लव लालीबजा र सोल्टी ११ युवा क्लव राजापुर बिच, जय दुर्गा भवनी युवा क्लव र ताराताल युवा क्लव बिच प्रतिस्पर्धा भएको थियो ।

जनजागृती युवा क्लवका तर्फबाट सम्भु थारुले २ गोल, राघव डाँगीले २ गोल, टिकाराम खड्काले १ गोल गरेका थिए । त्यसैगरी सोल्टी युवा क्लवका तर्फबाट सुनिल थारुले १ गोल र अनुप गुरुङ्गले १ गोल फर्काएका थिए । दिउँसो ३ बजेदेखि सुरु भएको दोस्रो खेल जय दुर्गा भवनी युवा क्लव तुल्सीपुर र ताराताल युवा क्लव बिच भएको थियो । दोस्रो खेलमा दुवै क्लवले गोल गर्न नसकेर खेल ड्र भएको मयुर बस्ती युवा क्लवका सदस्य विवेश गुरुङ्गले जानकारी दिए ।

जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्ला फुटबल लिग प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार र दोस्रो हुने टिमलाई रु ३० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता पुस १० गतेदेखि सुरु भई पुस २४ गतेसम्म चल्नेछ । बढैयाताल गाउँपालिका–८ स्थित मयुर बस्ती युवा क्लवको खेल मैदानमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय