चित्तलको मासुसहित तीन शिकारी पक्राउ
बिहिबार, पुष १५, २०७८ मा प्रकाशित

बर्दिया, पुस १५ (फरकसमाचार) / बर्दिया राष्ट्रिय निकुञ्जले चित्तलको मासुहित तीन जनालाई नियन्त्रणमा लिएको छ । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको हो ।

सुरक्षाकर्मीले बर्दिया राष्ट्रिय निकुञ्जको बलाती कोर क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–२ का ४६ वर्षिय बल्लुराम थारु, ३९ वर्षिय लालबहादुर चौधरी र ३७ वर्षिय राजाराम थारु रहेका छन् ।

चित्तलको शिकार गरी मासु टुक्रा टुक्रा पार्दै गरेको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले तिनीहरुलाई नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

निकुञ्जका सुरक्षाकर्मीले गत ३ गते नियन्त्रणमा लिएको हो । निकुञ्ज प्रशासनले प्रारम्भिक अनुसन्धान पश्चात तीन जनालाई पक्राउ गरेको बुधबार सार्वजानिक गरेको छ । निकुञ्ज प्रशासनले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । चित्तल कसरी मारेको खुलेको छैन । चित्तल कसरी मारेको विषयमा निकुञ्ज प्रशासनले थप अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय