बारबर्दिया नगरपालिकाको दश बर्षे शिक्षा क्षेत्र योजना बिमोचन
शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित

बर्दिया, पुस २३ (फरकसमाचार)

बारबर्दिया नगरपालिकाले दश बर्षे शिक्षा क्षेत्र योजना, स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी बिहिबार बिमोचन गरेको छ । यसमा दश बर्षमा बारबर्दियाको शिक्षा कहाँ पुग्छ, कुन अवस्थामा पुग्छ भन्ने कुराको परिकल्पना गरिको छ ।

शैक्षिक गुणस्तर दश बर्षमा कुन उचाइमा पुग्छ त्यसको पक्षेपण गरिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताए । दश बर्ष पछिका बारबर्दियाले उत्पादन गरेका बिद्यार्थीहरु विश्वमा नै सबै भन्दा अब्वल हुने नगर प्रमुख थारुले बिश्वास ब्यक्त गरे ।

बारबर्दियाले यस योजनाले शैक्षिक गुणस्तर उकास्ने, मौलीक सांस्कृति, यहाँको रहनसहन सहितको बिकास गर्ने आशा लिएको बताए । बिद्यालयहरुको पुर्वाधारहरु कसरी सुधार गर्ने , शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न तालिम आवश्यक पर्ने बजेट सहित योजनाको बिमोचन भएको नगर प्रमुख थारुले जानकारी दिए ।

दश बर्षमा बारबर्दियाका सम्पुर्ण बिद्यालयहरुका भौतिक पुर्वाधार, कक्षाकोठा, फर्निचर अफिसदेखि लिएर सम्पुर्ण कुराहरुको उच्च ब्यवस्था हुनेछ । विद्यालयहरुमा कुनै कुराको अभाव नहुने गरि ब्यवस्थापन गर्ने परिकल्पना लिइएको छ । यस परिकल्पनालाई कार्यान्वयन गर्ने बजेट बारबर्दिया नगरपालिकाले गर्नेछ ।

यसलाई पुरा गर्ने जनशक्ति बारबर्दियाका सम्पुर्ण शिक्षकहरुको काँधमा भएको उनले भनाई छ । यो योजना सफल भयो भने बारबर्दियामा अध्ययन गरेको बिद्यार्थी बिश्व बजारमा अब्बल हुने नगर प्रमुख थारुले बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय