बल्ल तल्ल एमालेको अध्यक्षमा श्रेष्ठ दोहरिए
आइतबार, पुष २५, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान÷दिनेश ठाकुर

बर्दिया, पुस २५

नेकपा एमाले बर्दियाको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा सर्व सहमतिमा लालबहादुर श्रेष्ठलाई चयन गरेको छ ।

एमाले बर्दियाको नवौं जिल्ला अधिवेशनले श्रेष्ठलाई एकपटक पुनः अध्यक्षमा दोहोराएको हो । श्रेष्ठको अध्यक्षतामा १ सय पाँच सदस्यीय जिल्ला कमिटी र्निविरोध चयन गरेको छ । अध्यक्षमा श्रेष्ठसंगै उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल, उपसचिवमा टिका सम्सेली मगर र पहाडी थारु रहेका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिव यस अघि पनि सोही पदमा थिए । निर्वाचनको पूर्ब तयारीका लागि बिभिन्न गुट उपगुटमा विभाजित नेता तथा कार्यकर्ता अन्तत सहमति गर्न सफल भएका हुन् । नवौ अधिबेशनमा जिल्ला नेतृत्व चयन गर्न एमालेलाई फलामको चिउरा चपाए सरह भयो ।

अध्यक्षमा दाबी गरिरहेका शालिकराम अधिकारीको पल्ला कमजोर दखेर सेलेन्डर गरेपछि बढैयाताल गाउँपालिका अध्यक्ष श्रेष्ठ पुनः अध्यक्ष भए । अधिकारीलाई बर्दिया ईन्र्चाज लक्ष्मण ज्ञवाली, नेता भिम केसी र मधुवनका नेता दुर्गा वलीले समर्थन गरेका थिए । जिल्ला ईन्र्चाज ज्ञवाली बामदेव गौतमका सोहोदर नातेदार हुन । लामो समय पावर र निति निर्माण तहमा बसेका बामदेव नजिक देखिएका ज्ञवाली पार्टी फुटेसँगै केपी वली गुटमा कमजोर मानिन्छन् । पार्टी फुटे देखि केहि समय कार्यकर्तासँग दुरी बढाएका कारण उनको समर्थन पाएका बाँसगढी नगरपालिकाका शालिकराम अधिकारी कमजोर बनेका थिए ।

बढैयातालका अध्यक्ष तथा वर्तमान अध्यक्ष श्रेष्ठको पार्टीमा बलियो पकड हुँदा भाजो हाल्ने प्रयास सानो गुटबाट भएपनि अन्तत गुट असफल भएको स्र्रोतको दाबी छ । ज्ञवालीको पर्सनल ईन्ट्रेन्स भाईटल भएकोले कार्यकर्ता पछाडी हटेको समेत चुनावको बेला असन्तुष्ट कार्यकर्ताले चर्चा गरे । ‘अधिकारीलाई अध्यक्ष बनाएर संघिय सांसदको टिकट हात पार्ने खेलमा ज्ञवाली थिए’नाम नखोल्ने शर्तमा एक कार्यकर्ताले भने,‘ पार्टीमा अधिकारीको कमजोर र ज्ञवालीको न्यून समर्थकका कारण बाध्यताले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत गरेका हुन ।’ अधिकारी यसअघिका उपाध्यक्ष हुन ।

पुनः अधिकारी उपाध्यक्ष सिट सुरक्षित गर्न निर्वाचन प्रक्रियाको अन्तिम चरण सम्म बार्गेनिङ गरेको कार्यकर्ताको आँकलन छ ।‘ श्रेष्ठ हाबी भएको थाहा हुदा हुदै अधिकारीलाई अध्यक्षमा लडाउने किन यत्रो प्रयोस गरियो त’ प्रतिप्र्रश्न गर्दै उनले भने,‘ उपाध्यक्षको सिट समेत फुस्कने डरले चलखेल भएको हामीले थाहा भयो ।’

फरक समाचारका संबाददाताको प्रारम्भिक रिपोर्ट सर्वेक्षणमा गुलरिया नगरपालिकामा बढैयातालका श्रेष्ठको बर्चस्व बढि देखिएको सर्वेक्षण सार्वजनिक गरेको थियो । आठ पालिका मध्य पाँच पालिकामा श्रेष्ठ वर्चस्व रहेको थियो भने अधिकारीको तीन पालिकामा अघि भएको चुनाव अघि गरिएको सर्वेक्षण देखाएको थियो ।

बढी मतदाता रहेको गुलरियामा अधिकारी कमजोर मानिपछि कार्यकर्ताले तथा श्रेष्ठ समर्थकले श्रेष्ठलाई नै बलियो भएको दाबी गरेका थिए । चुनावको अन्तसम्म अधिकारी पक्ष बलियो भएको दाबी गरेपनि अन्तत एमालेको जिल्ला अधिबेशनले अध्यक्षमा श्रेष्ठलाई चयन गरेर जिल्ला नेतृत्वको चयन सर्वसहमतिबाट गर्न सफल भएको छ ।

एमालेको जिल्ला अधिबेशन भव्य सभ्य रुपमा सम्पन्न भएको एमालेका गुलरिया नगरपालिकाका नगर अध्यक्ष अमर खडकाले बताए । चुनाव अघि गुट उपगुट देखिएर नेतृत्व छान्न कठिन भएको भन्ने फरक समाचार संवाददाताको प्रश्नमा जिल्ला अधिबेशनमा गुटउपगुट नरहेको अध्यक्ष खड्काले बताए । ‘बाहिर भनिएका कुरा कपोकल्पि हुन, नेताहरुलाई यस अघि प्रकाशित समाचारमा गलत आरोप लगाईएको छ’ खडकाले भने,‘एमालेमा सर्वसहमतिमा जिल्ला नेतृत्व चयन भएको छ,

यसले कुनै पनि रोष, कुनै गुट नरहेको पुष्टि हुन्छ, जिल्ला, प्रदेश प्रतिनिधित्व गर्ने शिर्ष नेताले कार्यकर्तालाई चित्त बुझाएर अधिबेशन सम्पन्न भएको छ ।’ नवौं अधिवेशनका लागि ९ सय निर्वाचित प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय