उज्यालोमय बन्दै गुलरिया बजार
सोमबार, पुष २६, २०७८ मा प्रकाशित

बर्दिया, पुस २६ (फरकसमाचार)

गुलरिया बजारको तीन चोकमा आईतबार हाईमष्ट लाईट उद्घाटन गरिएको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले हुलाक चोक, राधाकृष्ण चोक र तुलापुर चोकमा हाईमष्ट लाईटको स्विच अन गरेर उद्घाटन गरेका थिए ।

नागरिकहरुलाई हिडडुल गर्न सजिलो होस भन्ने उदेश्यले गुलरिया नगरपालिकाको नगर स्तरीय योजनाबाट हाईमष्ट लाईट जडान गरिएको नगर प्रमुख यादवले बताए । ‘हाईमष्ट लाईटले नागरिक सुरक्षित हुन्छन्’ नगर प्रमुख यादवले भने,‘उज्यालोले गर्दा बजारमा चोरी चाकारी हुदैन ।’ बजार क्षेत्र उज्यालोले गर्दा गुलरिया सुन्दर देखिने विश्सवास नगर प्रमुख यादवले व्यक्त गरे ।

गुलरिया नगरपालिकाको ३२ लाख बजेटमा तीन ठाउँको हाईमष्ट लाईट र राधाकृष्ण चोकमा शालिकको स्तरोउन्तीका लागि टेन्डर प्रक्रियाबाट कार्य भईरहेको सव ईन्जिनियर अर्जुन लम्सालले जानकारी दिए ।

यस अघि गुलरियाको गणेशमान चोकमा हाईमष्ट लाईट जडान भई सुचारु अवस्थामा रहेको थियो । गुलरिया बजारमा आईतबार थप तीन वटा चोकमा जडान भएको हाईमष्ट लाईटले गर्दा गुलरिया बजार उज्यालोमय बनेको छ । बजार क्षेत्रमा उज्यालोले गर्दा अपराधिक कार्य नहुने र हिडडुल गर्न सजिलो हुने स्थानीयले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय