चिसो र कोरोनाबाट बच्ने विषयमा बर्दिया अस्पतालका मेसु डा.पाण्डे र बालविशेषज्ञ डा. शाहसंगको गरिएको कुराकानी
शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित

बर्दिया, पुस ३०(फरकसमाचार)

चिसो अत्यधिक बढेको छ । चिसो बढेसगैं कोभिड–१९ को तेस्रो लहरको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा तिब्र रुपले कब्जा गरिरहेको अवस्था छ । चिसो बढेको कारणले गर्दा रुघाखोकीका बिरामी पनि बढ्दै गएका छन् । बर्दिया अस्पतालमा दिनहुँ रुघाखोकीका सयौं बिरामी आउँने गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टबाट कसरी बच्ने केके सावधानी अपनाउने विषयमा बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डेसंग फरकसमाचारले गरेको कुराकानी यस प्रकारको छ ः

चिसो बढेकोले चिसोबाट कसरी बच्न सकिन्छ ?

चिसो अत्यधिक बढेको छ । चिसोबाट बच्न सर्वसाधारणले सबै भन्दा पहिला घरायसी कुरालाई बढी उपयोग गर्नु पर्छ । न्यानो लुगा लगाउने । सम्भव भएमा आवश्यकता अनुसार मात्र बाहिर निस्कने मेसु डा.पाण्डेले सुझाए । कोभिडको त्रास छ । सकेसम्म कामको अवधिलाई छिटो बनाउने । बढी समय लाग्ने काममा जाँदा थोरै लगाएर गर्ने । यसरी कामको अवधि छोटो बनाउँदा बचेको समयमा घरमै अराम गर्दा स्वास्थ्य रहन मद्दत मिल्नेछ । चिसोमा प्रयाप्त तातो झोलिलो खाने कुरा खाने । बाहिर पाउने चिल्लो खाने कुरा बढी नखाने । रुघाखोकी लागी अप्ठ्यारो भएमा दुई तीन दिनको समय मिलाएर घरमा बस्दा छिट्टै रुघाखोकी निको हुन मद्दत मिल्छ ।

चिसोबाट बच्न खानामा केके प्रयोग गर्नुपर्छ ?

चिसोबाट बच्न खाना प्रयोगको सम्बन्धमा सुगर र प्रेसरका बिरामीलाई पहिला देखि दिएको सल्लाह अनुसार प्रयोग गर्नुपर्छ । तर सामान्य सर्वसाधारणले घरमै राम्रोसंग पकाएका खाने कुराहरु सब भन्दा राम्रो हुन जान्छ । चिल्लो पदार्थ, चिसो खानेकुरा, आईसक्रिम अथवा जंकफुडहरु कोक, फेन्टा, चाउँचाउँ जस्ता खाने कुराको प्रयोग नगर्ने । घरमा पकाईएका दाल, भात र रोटी बढी प्रयोग गर्नुपर्छ । दुध खानु प¥र्यो भने दुधको तर निकालेर खानुपर्छ यसले गर्दा चिल्लो हट्छ र नोक्सान गर्दैन ।

चिसोमा काढा, चिया कफि कति उपयोगी हन्छ ?

चिसोमा घरमै पाईने तुल्सीको पात, अदुवा, पिपला र मरिच मिसाएर काढा बनाएर खानु स्वास्थ्यको लागि फाइदा जनक हुन्छ । यसरी काढा बनाएर खानुलाई मेडिकलको हिसाबले पनि नराम्रो होइन । कफि, चियाले शरिरलाई तातो बनाउला तर ग्याष्टिक र पेट दुख्ने समस्या उत्पन्न गर्न सक्छ । कफिले चिसोमा पनि डाईरिया लगाई दिन सक्छ । हामीले राम्रोको लागि प्रयोग गर्दा डाईरिया लाग्यो भने कमजोर बनाउन सक्छ । त्यसैले बढी प्रयोग नगर्ने । कालो चिया र काढाले शरिरलाई नोक्सान गर्दैन ।

काढा कति पटक खानु राम्रो हुन्छ ?

दिनभरी खाँदा नोक्सान पनि गर्न सक्छ । शरिरमा पानीको मात्रा मात्र यसले बढाउछ । साँझ बिहान खाँदा राम्रो हुन्छ ।

चिसोको बेला रुघाखोकी वा कोरोना लागेको कसरी चिन्ने ?

चिसोको बेला कोरोना लागेको चिन्नको लागि सार्वप्रथम रुघा लागी सिगान बगेको छ, खाना खाने रुचि छ सामान्य ज्वरो छ भने त्यो कोरोना होइन । तर जुन दिन रुघा लाग्यो त्यहि दिन थकान महसुुस हुने, ज्वरो एक सय भन्दा बढी आयो भने त्यो कोरोनाको लक्षण हो । त्यसैगरी सास फेर्न गाह्रो हुन्छ । यस्तो लक्षण देखिए दुई तीन दिनपछि खोकी लाग्न सुरु हुन्छ । यस्तो अवस्था आएमा नजिकको स्वास्थ्य केन्द्रमा गई एन्टिजेन जाँच गर्नुपर्छ । आफुलाई कोभिड भएको पुष्टि भएमा अरुलाई सार्नु हुदैन । अरुलाई सार्ने माध्यम नबनि होमआईसोलेसनमा बस्नु पर्छ ।

अस्पतालमा आजभोली रुघाखोकी तथा कोभिडका बिरामी देखिएको छ की छैन ?

अस्पतालमा बिरामी आएको मध्येमा २० प्रतिशत रुघाखोकीका बिरामी आएका छन् । चिसोका कारण दिनहुँ एक सय भन्दा बढी बिरामी अस्पताल आएका छन् । जसमा दश देखि पन्ध्र जनाको एन्टिजेन परीक्षण भएको छ । बुधबार १० जना रुघाखोकीको बिरामीको एन्टिजेन परीक्षण गर्दा ४ जनासम्ममा कोभिड पुष्टि भएको छ । अस्पतालमा आएका बिरामी मध्ये बिगत चार पाँच दिन देखि तिन चार जना कोरोनाका बिरामी भेटिएका छन् । अस्पतालमा कोही पनि भर्ना भाएका छैनन् । आवश्यक औषधी लिई सबै जना होमआईसोलेशनमा बसिरहेका छन् ।
त्यसैगरी बालबालिकाहरु चिसोबाट कसरी जोगाउन केके सावधानी अपनाउने विषयमा बर्दिया अस्पतालका बालविषेशज्ञ डा.विश्वानाथ कुमार शाहसंग फरकसमाचारले गरेको कुराकानी ः

 

चिसोबाट बालबालिकालाई कसरी बचाउँनु पर्छ ?

बालबाललिकालाई चिसोबाट बचाउन विषेश ध्यान दिनुपर्छ । दुई वर्ष मुनिका बालबालिकालाई न्यानो राख्नुपर्छ । सकेसम्म आमाले आफैसंग काखमा राख्नुपर्छ । बालबालिकालाई चिसोबाट बचाउँन हाम्रो यता आगोमा सेक्ने प्रथा छ । बालबालिकालाई आगो नजिक लगेर धुँवा हुने ठाउँमा सेक्नु हुदैन । चिसोले गर्दा बच्चाहरुलाई सिगान बाग्ने, नाँक बन्द हुने, दुध खान अप्ठ्यारो हुने समस्या देखिन्छ । यस्तो अवस्थामा बच्चाको नाँक साफा गरिदिनु पर्छ । पटक पटक दुध खुवाउनुपर्छ । बच्चाले यदि दुध खान सकेन र कोखा हान्यो भने नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल लैजानुपर्छ ।

अस्पतालमा चिसोले गर्दा बिरामी बालबालिका दैनिक कति आउने गरेका छन् ?

अस्पतालमा दुई वर्ष मुनिका बालबालिका दिनहुँ ३० देखि ४० जना आउने गर्छन् । चिसोले गर्दा अधिकांश बालबच्चाहरुको नाँक बाग्ने, दुध खान नसक्ने, घाटी घ्यार घ्यार ग¥र्यो खोक्यो भनेर आएका छन् ।

कोभिडको लहर छ, बालबालिकालाई रुघाखोकी लाग्यो की कोरोना लाग्यो कसरी छुट्याउने ?

हेर्दा छुट्याउन गाह्रो हुन्छ । तर केही लक्षण चाहिँ सोध्न मिल्ने हुन्छ । जस्तै अधिक मात्रामा ज्वरो आयो, छिटो छिटो सास फे¥र्यो, कोखा हान्न थाल्यो र निमोनियाको लक्षण मिलिरहेको छ भने कोरोना हो की भन्ने आशंका गर्न सकिन्छ । तर सुरुमा कोरोनाको र रुघाखोकीको लक्षण उस्ताउस्तै हुन्छ । अलि कडा खाले रुघाखोकी छ भने कोरोनाको आशंका गरिन्छ ।

चिसोले गर्दा जटिल बिरामी बच्चाहरु कति आउने गर्छन् ?

जटिल बिरामी भएका बच्चाहरु अजै पनि तीन चार अस्पतालमा भर्ना छन् । तिनी बच्चाहरुलाई अक्सिजनमा राखी उपचार गरिरहेको बालविशेषज्ञ डा.शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय