सुकुम्बासीको समस्या समाधान गर्ने सरकारको योजना ः मन्त्री शर्मा
शनिबार, माघ ०१, २०७८ मा प्रकाशित

बर्दिया, माघ १ (फरकसमाचार)

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले सुकुम्बासी तथा भुमिहीनको समस्या समाधान गर्ने सरकारको योजना रहेको बताएका छन् । गुलरिया नगरपालिका–८ सुरजपुरमा रहेको श्री विद्यामन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार लायन्स क्लवले पोशाक वितरण गर्ने कार्यक्रममा मन्त्री शर्माले बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले यो विद्यालय भारतको बोर्डर नजिक छ तिब्र रुपमा फैलिएको महामारीबाट र चिसोबाट बच्न विद्यार्थी तथा अभिभावकलाई विषेश ध्यान दिन अनुरोध गरेका थिए । त्यसैगरी माघी पर्वको सबैमा शुभकामना टक्¥याएका थिए । यो वास्ती सुकुम्बासी हो । सुकुम्बासी र भुमिहीनहरुको लागि सरकारले लाल पुर्जा दिने चरणवद्ध योजना रहेको बताए ।

नेपाल सरकारले बनाएको कार्यक्रम योजना अनुसार टोली वास्तीमा आउँने र नाँपजोख गरी समस्याको समाधान गर्ने सुनाए । पहिलो चरणमा बर्दियाका तीन पालिका परेको मन्त्री शर्माले बताए । बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सुकुम्बासीको समस्या समाधान गर्ने कार्य सुरु भईरहेको छ । दोस्रो चरणमा गुलरिया नगरपालिकामा सुकुम्बासीको समस्या समाधान गर्ने कार्यक्रम सरकारले बनाएको जानकारी दिए ।

यस विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको आर्थिक स्थिती अत्यन्तै कमजोर रहेको विद्यालयका प्रधानाध्यापक दिपबहादुर घर्तीले बताए । बाल विकास देखि कक्षा चारसम्म पढाई भईरहेको बताए । क्लवको सहयोगमा १ सय १५ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराउन पाउँदा खुसी भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय