क्रिकेट संघले तीन बिधालाई ग¥र्यो सम्मान
बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित

बर्दिया जिल्लाको क्रिक्रेट समृद्धिमा योगदान पु¥याएको भन्दै फरक समाचार दैनिक र फरक समाचारको यूटुव च्यानललाई सम्मान गरियो भने गुलरिया नगरपालिका–५ का वडा सदस्य तथा खेलपे्रमी यूवराज श्रेष्ठ र यूवा व्यबसायी तथा समाजसेवि विमल केसीले क्रिक्रेट क्षेत्रमा गरेको उच्च मूल्याकन गर्दै क्रिक्रेट संघले सम्मान गरेको हो ।

बर्दिया, माघ ६(फरकसमाचार)

क्रिकेट खेलाडीको विकासका लागि सहयोग पु¥याउने तीन जनालाई जिल्ला क्रिकेट संघ बर्दियाले बुधबार सम्मानित गरेको छ । संघले साधारण सभा तथा जिल्ला अधिवेशनको अवसरमा सम्मानित गरेको हो । जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष तथा गुलरिया नगरपालिकाका जनप्रतिधि युवराज श्रेष्ठ, ब्ल्याक बक युवा क्लव अध्यक्ष तथा युवा निर्माण व्यवसायी बिमल केसी र फरकसमाचार राष्ट्रिय दैनिकलाई सम्मानित गरिएको हो ।

जिल्लामा क्रिकेट खेलाडीहरुको लागि विषेश योगदान पु¥याएका तीन जनालाई प्रमाण पत्रसहित सम्मान गरेको जिल्ला क्रिकेट संघ बर्दिया अध्यक्ष विनयराज भण्डारीले बताए । ‘क्रिकेट खेलप्रति विषेश चासो राखी संघको स्थापना श्रेष्ठले गरे’ अध्यक्ष भण्डारीले भने,‘जिल्लामा क्रिकेट खेलाडी उत्पादनमा पहिला देखि श्रेष्ठको चासो रहेको छ ।

’ क्रिकेट संघसंगको समन्वयमा खेलाडीहरुलाई आवश्यक सहयोग गरेका युवा निर्माण व्यवसायी केसीलाई संघले सम्मान स्वरुप सम्मान पत्र दिएको छ ।

त्यसैगरी क्रिकेट खेल विकासको लागि समाचार संप्रेषण गरी सहयोग गरेको फरक समाचार टिमलाई सम्मान गरेको अध्यक्ष भण्डारील बताए । क्रिकेट खेलाडीको उत्पादन र विकासको लागि सहयोग गर्ने धेरै पात्रहरु छन् ।

सबै सहयोगीहरुलाई स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए । जिल्ला क्रिकेट संघमा आबद्ध रहेका खेलाडीहरु क्षेत्रिय तथा राष्ट्रिय स्तरमा खेलेको देख्दा आफु अत्यन्तै खुसी भएको सुनाए । जिल्लामा क्रिकेट खेलाडी उत्पादनमा सबैको सहयोग अपहार्य रहेको अध्यक्ष भण्डारीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय