कोभिडबाट बच्न खोप प्रभावकारी : प्रमुख गिरी
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित

बर्दिया,माघ १४ (फरकसमाचार) / कोभिड–१९ बिरुद्ध लड्न कोरोना खोप नै प्रभावकारी माध्यम भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताएका छन् ।

खोपको साथसाथै जनस्वाथ्यका माप दण्ड पालन गर्नुपर्ने उनले आग्रह गरेका हुन् । भिडभाडमा जाँदा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने प्रमुख गिरीले बताए । ‘यसो गरेमा कोरोनाबाट धेरै हदसम्म बच्न सकिने’ उनले भने,‘कोरोना बिरुद्ध खोप लगाएर स्वाथ्यका मापदण्ड पालन नगरेमा कारोना लाग्न सक्छ ।’ कोरोना भाइरसबाट बच्न सत प्रतिशत लगाई स्वास्थ्यका मापदण्ड पालन गर्नु पर्ने प्रमुख गिरीको भनाइ छ ।

खोप लगाएको ६ महिना पछि रोगप्रतिरोधात्मक क्षमता अलिकति कम भएर गएको केही रिसर्चहरुले देखाएकाले छ । रोगप्रतिरोधात्मक क्षमता थप बढाउनको लागी थप बुस्टर खोप लगाईएको छ । आम जनमानसमा बुस्टर डोज खोप भनेको अर्कै खाले खोप हो भन्ने बुझाई छ । जुन खोप पहिले लगाएको हो त्यही खोपको थप मात्रालाई बुस्टर डोज खोप भनिएको प्रमुख गिरीले सुनाए ।

‘सरकारले निर्णय गरेको अग्रपङितमा खटिने ब्यक्तिहरु जसले कोभिडसिल्ड लगाउनु भएको छ’ उनले भने, ‘असारको मसान्त सम्ममा दोस्रो मात्रा पुरा गरेको ब्यक्तिले अहिले बुस्टर डोज खोप लगाई रहेका छन् ।’ असार मसान्त सम्ममा भेरोसेलको दास्रो मात्रा पुरा गरेका ६१ बर्ष भन्दा माथिका जेष्ठ नागरीकलाई यही माघ १३ र १४ गते भेरोसेलको बुस्टर डोज खोपको लगाउने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

बुस्टर डोज खोप लगाउन आउँदा आफुले पहिला दास्रो खोपको मात्रा पुरा गरेको खोप कार्ड अनिवार्य बोकेर आउनु पर्नेछ । खोप कार्ड हराएमा पहिला जुन ठाउँमा खोप लगाएको हो त्यही ठाउँमा गएर खोपकार्ड बनाउन सकिन्छ । अहिले सरकारले माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरेको छ त्यही भएर सवैले खोपकार्ड अनिवार्य रुपमा राख्नु पर्छ । अहिले सरकारले सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरेकाले अहिले जिल्लामा खोप लागाउनेको संख्यामा बृद्धि भएको छ ।

कोरोना संक्रमितले निको भएको ३० दिन पछि अर्थात संक्रमित भएको ४० देखि ४२ दिन पछि कोरोनाको खोप लगाउनु पर्छ । बर्दियामा कोरोना बिरुद्धको ३ लाख २२ हजार ८ सय ७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन्, १ लाख ८० हजार ५ सय ७९ जनाले खोपको दोस्रो मात्रा लगाएका छन् भने ५ हजार ६ सय ५९ जनाले थप खोप अर्थात बुस्टर डोज खोप लगाएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय