काँग्रेसका नेता तिमिल्सिनाको पहलमा बिद्यार्थीले पाए न्यानो कपडा
शनिबार, माघ १५, २०७८ मा प्रकाशित

बर्दिया, माघ १५(फरकसमाचार)

राजापुर नगरपालिका–१० को चन्द्रदोय प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो पोसाक शुक्रबार बितरण गरिएको छ । जाडोमा धेरै बिद्यार्थी बिद्यालय नआउने भएकाले नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाको पहलमा पोसाक बितरण गरिएको हो । चाइना फाउन्डेसने प्रोभरटी एलीभेसनको सहयोगमा बिद्यालयमा भएका बाल बिकास देखि कक्षा ५ सम्मका १ सय ७० जना बिद्यार्थीलाई पोसाक बितरण गरिएको छ ।

राजापुर क्षेत्रमा सत प्रतिशत बालबालिकालाई बिद्यालयमा पु¥याउने लक्ष्य रहेको नेपाली कांंग्रेसका सह महामन्त्री तथा कार्यक्रमका बिशिष्ट अतिथि किशोर सिँह राठोरले बताए । सबै भन्दा ठुलो शिक्षा भएको उनले सुनाए । २०४६ सालको आन्दोलनपछि कांग्रेसले ल्याएको शिक्षा नितिले अहिले गाउँ गाउँमा बिद्यालय बनेको उनले जिकिर गरे ।

राजापुरमा नेपाली कांग्रेसको पहलमा क्याम्पस बनेको समेत उनले खुलाए । अहिले राजापुर क्षेत्रमा कम्युनिष्टको स्थानीय सरकार रहेको बेला एउटा पनि राष्ट्रिय बजेट नआएकोले उनले आक्रोस पोखे । राष्ट्रिय बजेट नआएकाले राजापुर क्षेत्रमा बिकासको गति सुस्त रहेको उनले बताए । जिबन स्तर उकास्न बिकास हुन जरुरी भएको राठोरको भनाई छ ।

फिस बुझाउन नसकेर, कापी कलम किन्न नसकेर कुनैपनि बालबच्चाहरु पढाइबाट बन्चित हुनुहुदैन भन्ने नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले बताए । कसैको पनि बालबच्चाहरु शिक्षा र स्वास्थ्यबाट बन्चित भए शिक्षकको सहयताले आफुलाई भन्न उनले अभिभावकहरुलाई आग्रह गरे ।

जाडो धेरै बढेकोले बालबालिकाहरु बिद्यालयमा नआउने हुनाले न्यानो कपडा बितरणले अब बिद्याथीहरुलाई राहत मिलेको चन्द्रदोय प्राथमिक बिद्यालयका प्रधानाध्यापक राम भरोसा थारुले बताए । गरिब परिवारका बालबालिका पनि जाडोको समयमा न्यानो कपडा लगाएर आउन सकोस भन्ने उद्देश्यले चाइना फाउन्डेसन प्रोभरटी एलीभेसनले नेपाली कांग्रेका नेता जन्मजय तिमिल्सिनाको पहलमा बिद्यालयमा न्यानो पोसाक बितरण भएको बताए । ८५ जना छात्रा र ८५ जना छात्र यस बिद्यालयमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय