ईटा उद्योगीलाई करौडौ घाटा, राज्य बेखबर
आइतबार, माघ १६, २०७८ मा प्रकाशित

बर्दिया, माघ १६

गुलरिया नगरपालिका – ८ मा रहेको हिमाली ईटा उद्योग संचालन भएको २७ वर्ष बढि भयो । १४ विगाहा क्षेत्रफल ओगटेको जिल्ला भरिको ईटाको माग थेगेको जिल्लाको पुरानो उद्योग बेमौसमि बर्षाको चपेटामा पर्दा उकासिन हम्मे हम्मे छ । बर्सेनि लगातार परिरहेको बेमौसमि बर्षाले उद्योगीलाई एक सिजनमा करोड बढि घाटा भईरहेको छ ।

बर्दियामा करको दायरामा आएका २२ वटा ईटा उद्योगले कारोबार गर्छन् । तराईका सीमा क्षेत्रमा संचालन भईरहेका ईटा उद्योगमा भारतका मजदुर भर पर्नु विकल्प नरहेको अवस्थामा बर्सेनि पर्ने बेमौसमि बर्षाले अधिक नोक्सानी व्यहोर्न परेको ईटा उद्योगी तथा उद्योग बाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।

‘बर्सेनि बेमौसमि बर्षाको मारमा ईटा उद्योगि परिरहेका छन्,’उनले भने,‘क्षतिपुर्तिका लागि सरकारले नसोच्दा केहि बर्ष यता उद्योगीले अर्बो नोक्सानी व्यहोर्न बाध्य छन्,ईन्सोरेन्सको दायरामा सरकारले नल्याए उद्योगि डुब्ने खतरा बढेको छ ।’ ‘बेमौसमि बर्षा सुरु हुनु अघि ५ लाख ईटा पोल्न तयारीमा अवस्थामा राखेका बेला तीन लाख ईटा पानीले बगाएको छ’उनले भने,‘बेमौसमि बर्षाले अधिकांश उद्योगि पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

स्थानीय दक्ष जनशक्तिको अभावमा बाहिरी मजदुरलाई उद्योगमा काम लगाउँदा उद्योग चलाउँदा भारतका मजदुरको भर पर्न पर्ने हिमाली ईटा उद्योगका संचालक पाण्डेले बताए । उद्योग संचालनका लागी दक्ष मजदुर अभाव प्रमुख कारण भएको उनले औल्याए । ‘स्थानीय स्तरमा तालिम पाएका दक्ष मजदुर छैनन’उनले भने,‘भारतीय मजदुरका कारणले लगानी जोखिममा पर्ने सधै भय रहन्छ ।

उनका अनुसार उद्योगको विमा नहुनु र कर बढि जस्ता कुराले संचालकलाई कठिनाई उत्पन्न हुने गरेको छ । गत मंगलबार र बुधवार परेको बर्षाले करौडोको नोक्सान भएको पाण्डेले दाबी गरे । सयौंको संख्यामा काम गर्ने कामदारलाई अग्रिम रकम दिँदा ठूला लगानीको जोखिम रहेने उनको भनाई छ ।

‘भारतमा बस्ने मजदुर एक सिजन अघि अग्रिम रकम दिनु पर्छ’उनले थपे,‘यदि मजदुर आएन भने संचालकको लाखौ रकम ईटा उत्पादन हुन भन्दा अघि डुब्छ ।’ मजदुर घटना भएमा संचालकले व्यहोर्न पर्ने उनको भनाई छ । ईटा उत्पादन गर्ने अवधिमा सर्पले डस्ने, नयाँ मजदुरलाई चोट पटक लाग्दा लाग्ने उपचारमा स्वयम संचालकको जिम्मेवार हुने गर्छ । उद्योग संचालकलाई उद्योग संचालन गर्दा अदृश्य जोखिम मोल्न पर्ने बाध्यता हुने गरेको उनले खुलाए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय