एसईई पास छात्रालाई साईकल उपहार
शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

बर्दिया, फागुन १४ (फरकसमाचार) / शम्भु शरण माबिबाट एसईई पास गरेकि रमा गोडिया साईकल डोराउँदै गर्दा शुक्रवार उत्साहित देखिन्थिन् । नयाँ मोडलको साईकल पाउँने बेला उनको अनुहार खुसीले ढपक्कै ढाकेको थियो । उनको मुखबाट निस्केको बोलीमा एक किसिमको रौनक देखिन्थो ।

‘म त धेरै नै खुसी छु’ साईकल डोराउँदै नगरपालिकाबाट बाहिर निस्कने क्रममा उनले भनिन,‘ नगरपालिका नगर प्रमुखलाई धन्यबाद दिन्छु ।’ उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै अर्का छात्राले भनिन्,‘साईकल पाएको खुसी कुनै चिजसँग साट्न सक्दैन ।’ उच्च शिक्षाका लागि प्रोत्साहन स्वरुप सामुदायिक  विद्यालयमा पढेका छात्रालाई साईकल उपलब्ध गराउँने काम सह्रानिय भएको स्थानीय प्रतिक्रिया दिए ।

गुलरिया नगरपालिकाले गुलरियाका सामुदायिक बिद्यालयबाट गत बर्ष एसइइ उतिर्ण गरेका छात्रहरुलाई साइकल बितरण गरेको छ । गुलरिया नगरपालिका भित्र रहेका ८ वटा माबिका २ सय ५९ जना छात्राहरुलाई साइकल बितरण गरेको छ । कोटही माबि तुलापुरका १७ जना, नेपाल राष्ट्रिय माबि भैसाहीका १४ जना, नेपाल राष्ट्रिय माबि प्रयागपुरका १४ जना, मकदे माबिका ४८ जना, बगलामुखि माबिका ४७ जना, धुब्र माबिका ६७ जना र  नेपाल राष्ट्रिय शम्भुसरण माबिका खैरापुरका ५२ जना छात्राहरुलाई साइकल बितरण गरिएको छ ।

गुलरिया नगरपालिकाले बिशेष गरेर स्वास्थ्य, शिक्षा र बाटोघाटोमा बढि ध्यान दिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । साइकल बितरण कार्यक्रमले अबको दिनमा निरन्तरता दिने सुनाए । छात्राहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्न साइकल उपलब्ध गराएको बताए । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकलले विद्यालय आउन जान सहज हुने विश्वास नगर प्रमुख यादवले व्यक्त गरे । नगरका सम्पुर्ण सामुदायिक विद्यालयको शिक्षाको स्तर गुणस्तर बनाउनको लागि शिक्षकको अभाव हुन नदिएको उनले सुनाएका थिए ।

पठन पाठनलाई निरन्तरता दिन, गुणस्तरीय शिक्षा आर्जन गर्न, एउटा मुलुकको सुयोग्य नागरिक सिर्जना गर्नको लागी साइकल बितरण कार्यक्रमलाई यस आर्थिक बर्षमा बार्षिक बिकास कार्याक्रम बनाएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले बताए ।

विगतका वर्षमा विद्यालयमा छात्रा भर्ना दर कम हुने र छात्राहरुको पढाईमा समस्या देखिएको थियो । त्यही समस्यालाई मध्यनजर गरी नगर प्रमुखको समन्वयमा साईकल वितरण कार्यक्रमको योजना बनाई वितरण गरेको सुनाए । ‘यस किसिमको कार्यक्रमले नगरको शिक्षा बिकासमा टेवा पु¥याउने छ’ प्रमुख प्रशासकीय अधिकृत देवकोटा भने,‘यस रचनात्मक कार्यक्रमले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण योगदान पु¥याउने छ ।’

राष्ट्रले लिएको उद्देश्यले पुरा गर्नको लागी नै यो कार्यक्रम गरिएको गुलरिया नगरपालिका शिक्षा शाखाका प्रमुख शतिस यादवले बताए । यस कार्यक्रमले बिद्यार्थी तथा अभिभावकमा सकारात्मक परिवर्तन आउने उनको भनाई छ । बिद्यार्थीहरुलाई टिकाउनु, सिकाउनु, झिकाउनु र बिकाउनु राष्ट्रको ४ वटा उद्देश्य अन्र्तगत साइकल बितरण गरिएको शाखा प्रमुख यादवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय