बर्दिया बढैयातालका १९ बर्षिय किशोर बेपक्ता
शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया,फागुन २० / बढैयातालका १९ बर्षिय किशोर एक साता देखि बेपक्ता रहेका छन् । बढैयाताल गाउँपालिका–२ सितापुरका १९ बर्षे किशोर बिबश दराई बेपक्ता भएका हुन् ।

बढैयाताल गाउँपालिका–२ सितापुर निवासी बेन बहादुर दराईका कान्छा छोरा बिवश दराई यहि फागुन १४ गते सनिबार बिहान ५ बजेको समयमा मर्निङ वाक जाने क्रममा बेपक्ता भएको परिवार स्रोतले जनाएको छ ।

स्थानिय र परिवारको सक्रियतामा बेपक्ता दराईको खोज तलास गर्ने क्रममा उनले लगाएको चप्पल बढैयाताल–३ सतपतिया स्थित फुटबल खेल मैदानमा भेटिएको जनाईएको छ ।

खोजतलासको लागि फागुनको १५ गते जमुनि प्रहरी चौकीमा निबेदन आएको बताउदै बेपक्ता किशोरको खोज तलासको लागि स्थानिय र प्रहरीको सक्रियतामा संभावित ठाउँहरुमा खोज तलास गरिएको तर पत्ता नलागेको जमुनि प्रहरी चौकीका प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाहीले जानकारी गराए ।

रोजगारीको सिलशिलामा भारतको पट्नाह गएका ति किशोर यहि फागुन महिनाको ९ गते घर आएका परिवार श्रोतले जनाएको छ । केहि दिनको लागि आएको र गत शनिबार सोही ठाउँमा जाने कुरा भएको थियो तर त्यो ठाउँमा नपुगेको उनकी आमा हरि माया दराईले बताईन् ।
घरबाट मर्निङ वाकमा हिडेका दराईसंग लगाएको कपडा बाहेक मोवाईल, पैसा, केहि नभएको उनकी आमाको भनाई छ ।

बेपक्ता किशोरको खोज तलासको लागि सबै ठाउँमा हुलिया दिएको र खोजी कार्यलाई तिब्र पारिएको प्रहरी नायव निरीक्षक शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय