स्कुल कपको विजेता शम्भुशरण मावि
आइतबार, चैत २०, २०७८ मा प्रकाशित

बर्दिया, चैत २० (फरकसमाचार) / स्कुल कप २०७८ को विजेता शम्भुशरण मावि बनेको छ । शनिबार भएको फाईनल खेलमा शम्भुशरण माविले बगलामुखी माविलाई हराउदै विजेता बनेको हो । उपविजेता बगलामुखी माविले १९.१ ओभरमा ९६ रनको लक्ष्य दिदै अल आउटमा समेटिएको थियो ।

९७ रनको लक्ष्यलाई पछ्याउँदै १७ ओभरमा ५ विकेट गुमाई शम्भुशरण मावि ५ विकेटले विजेता बन्न सफल भयो । विजेता शम्भुशरण माविले रु ३१ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बगलामुखी माविले रु २१ हजार र ट्रफी प्राप्त गरेको छ ।

क्रिकेट प्रतियोगिताको म्यान अफ द म्याच शम्भुशरणका सुदिप सिंह भए । सिंहले चार ओभर, २१ रन खर्चिय र तीन विकेट लिन सफल भए । त्यसैगरी बेष्ट बलर जुवेर खान घोषित भए । बेष्ट ब्याट म्यान र म्यान अफ द सिरिज शम्भुशरणका दिलिप यादव घोषित भएका छन् ।

प्रतियोगिता चैत १२ गते देखि सुरु भएको थियो । स्कुल कपमा पाँच विद्यालयले सहभागिता जनाएका थिए । महाकबि देबकोटा माध्यमिक बिद्यालय, बंगलामुखी राधाकृष्ण थारु माध्यमिक बिद्यालय, शम्भुशरण माध्यमिक बिद्यालय, जनज्योति माध्यमिक बिद्यालय र मधुवनको जिजिएन बोडिङ स्कलले सहभागिता जनाएका थिए ।

बर्दिया क्रिक्रेट संघ र बर्दिया क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा स्कूल कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा क्रिकेटका खेलाडी उत्पादन गर्ने उदेश्यले स्कुल कपको आयोजना गरिएको जिल्ला क्रिकेट संघको अध्यक्ष विनयराज भण्डारीले जानकारी दिए । संघले जिल्लामा राम्रा खेलाडी उत्पादन गर्न समय समयमा क्रिकेट टुनामेन्ट गराईरहेको जिकिर गरे । क्रिकेट संघले भविष्यमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे ।

स्कुल कप क्रिकेट प्रतियोगितामा समाचार सम्प्रेषण गरी जिल्लाको क्रिकेट खेल विकासमा विशेष योगदान पु¥याएकोमा फरकसमाचार मिडिया हाउसलाई बर्दिया क्रिकेट संघले सम्मानित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय