छिस्तीमा नयाँ स्वास्थ्यचौकी भवन बन्यो
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

बागलुङ, फागुन १२ : जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विनियोजित एक करोड ५६ लाखमा भवन बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिए ।

भवनबाट आइतबारदेख सेवा दिन थालिएको छ । भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डारलगायतका कक्ष छन् । कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर पुलिसाले बताए । यसअघि जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता थियो ।

नवनिर्मित भवनको बिहीबार गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले उद्घाटन गरेको थियो । पछिल्लो समय जिल्लामा स्वास्थ्यचौकी भवन धमाधम निर्माण भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय