लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

काठमाडौं, वैशाख २९ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।

मोदीको भ्रमणले छिमेकी पहिलो नीतिलाई अघि बढाउन र भारत तथा नेपालबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

‘यसले दुबै देशका जनताको साझा सभ्यताको सम्पदालाई जोड दिन्छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सन् २०१४ यता मोदीको यो पाँचौ नेपाल भ्रमण हो । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय