टिकटक बनाउन भनेर साथीहरूसँग बबई पुगेका किशोरको डुबेर मृत्यु
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

दाङ, वैशाख २९ / दाङमा एक किशोरको बबईमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका -६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो ।

उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका- ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको जानकारी दिए।

प्रहरीका अनुसार भट्ट आफ्ना साथीहरूका साथ घुम्न, रमाइलो गर्न, फोटो खिच्न र  टिकटक बनाउन भनेर बबईमा पुगेका थिए। त्यही उनी नुहाउन भनेर पसेको र डुबेर मृत्यु भएको भन्ने खुलेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय