गुलरिया न.पा–१ मा काँग्रेसका जोगिराम थारुको प्यानल विजयी
शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित

बर्दिया,बैशाख ३१ (फरकसमाचार) / गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको हो ।

गुलरिया नगरपालिकाको वडा नम्बर १ को मतगणनाले नेपाली काँग्रेसका नगर प्रमुखले १ हजार २ सय ९९ र उप–प्रमुखले १ हजार २ सय ८८ मत प्राप्त गरेको देखाएको छ । वडा अध्यक्ष १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले १ हजार ३ सय ७३, दलित महिला सदस्यले ३ हजार १ सय २६, खुल्ला सदस्य(१)ले १ हजार २ सय ८६ र खुल्ला सदस्य(२)ले १ हजार २ सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

त्यसैगरी एमालेका नगर प्रमुखले ६ सय ८३ र उप–प्रमुखले ६ सय २९ मत प्राप्त गरेका छन् । वडा अध्यक्षले १ हजार ४ मत प्राप्त गरेको छन् । महिला सदस्यले ६७, दलित महिला सदस्यले ६ सय ९२, खुल्ला सदस्य(१)ले ६ सय ५५ र खुल्ला सदस्य(२)ले ६ सय ५६ मत प्राप्त गरेका छन् ।
अन्य वडाको नजिता अझै आएको छैन । मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय