बर्दियामा हावाहुरीको वितण्डा
मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित

बर्दिया, जेठ १० (फरकसमाचार) / हावाहुरीको वितण्डाले जिल्लामा धेरै क्षति पु¥याएको छ । सोमबार दिउँसो आएको हावाहुरीसहितको वर्षाले जिल्लाको धेरै ठाउँमा क्षति पु¥याएको हो । हावाहुरीसहित आएको वर्षाले घर, गोठ उडाउनुका सार्थ अन्नबाली भिजाएर क्षति पु¥याएको छ । भयानक रुपमा आएको हावाहुरीले टिनले छाएको घरको छाना विद्युत पोलतारमा लागेर अड्काएको छ ।

कतिपय टिन हावाहुरीले उडाएर बेपत्ता बनाएको छ । हुरीले उडाई फेला परेका टिन बाङगो टिङगो भई पुर्णरुपमा काम नलाग्ने भएका छन् । प्रहरीलाई प्राप्त तथ्यांक अनुसार हावाहुरीसहितको वर्षाले रु १२ लाख ७५ हजार बराबरको क्षति पु¥याएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए । प्राप्त तथ्यांक अनुसार बढैयाताल गाउँपालिका–७ स्थित रामपुर टोलका माधव प्रसाद आचार्यको १ कोठे गाईको गोठको छाना हुरीले फालेको छ । प्रहरीका अनुसार आचार्यको रु १ लाख ५० हजार बराबरको क्षति भएको छ । सोही स्थानमा रहेको पशुपति जोधा प्राविको १ कोठाको टिनको छाना उडाएको र देवालमासमेत हावाहुरीले क्षति पुगाएको छ ।

रु ५० हजार क्षति भएको अनुमान गरिएको छ । बढैयाताल गाउँपालिका–६ उचागाउँ स्थित २ कोठे टिनले छाएको सामुदायिक भवनको छाना उडाएको छ । प्रहरीका अनुसार रु ५० हजार क्षति भएको छ । बढैयाताल गाउँपालिका–७ फुलपुरका गोबिन्द प्रसाद थारुको ४ कोठे २ तल्ले टायलले छाएको कच्चि घरको पश्चिम तर्फको सबै टायल हुरीले उडाई नष्ट गरेको छ । रु १ लाख बराबरको क्षति भएको छ । बढैयाताल खल्लागाउँका खडक बहादुर थारुको तीन/तीन कोठे २ वटा टिनले छाएको घरको छाना उडाएको छ ।हावाहुरीले थारुलाई रु ३ लाख ५० हजार बराबरको क्षति पु¥याएको छ ।

त्यस्तै गुलरिया नगरपालिका–११ डल्लापुर स्थित ओम शान्ति राईस मिलको टिनको आधा छाना उडाउँदा मिलमा राखिएको अन्नबाली पानीले भिजेको छ । मुल्य रु ५ लाख ७५ हजार बराबरको २ सय क्वीन्टल धान र २० क्वीन्टल चामल भिजेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर