कोहलपुरको हिरासतमा एक जना थुनुवाको मृत्यु
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

बाँके, जेठ ११ । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । एक साताको अन्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत्यु भेटिएका हुन् ।

हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि-सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

मृत्यु भएका व्यक्तिमा पत्थरीको समस्या भएकोले औषधि सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको जानकारी दिए ।

केही दिनअघि मात्रै नेपालगञ्ज-२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको छ । कारागारमा रहेका विजय विक्रमको सजाय हरिजनलाई भुक्तान गर्न लगाई विजय विक्रम भने कारागारबाट रिहा भइसकेका छन् । घटना शंकास्पद भएको भन्दै छानबिनका लागि आफन्तहरूले दवाब दिन नेपालगञ्जमा विरोध प्रर्दशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय